अध्यक्ष केपी शर्मा ओलीको रिहाइको माग गर्दै नेकपा एमालेले आज ७७ वटै जिल्ला प्रशासन कार्यलयमा ज्ञापन पत्र बुझाउने भएको छ।
गौरीबहादुर कार्की आयोगले दोषी देखाएको भन्दै अध्यक्ष ओलीलाई हिजो निवासबाटै प्रह्रीले पक्राउ गरेको थियो।
अध्यक्षको पक्राउपछि शनिबार बसेको एमालेको सचिवालय बैठकले त्यसको विरोध गर्दै रिहाइका लागि ज्ञापन पत्र बुझाउने निर्णय गरेको हो।
एमालेले हिजो पनि ओलीको पक्राउविरुद्ध काठमाडौँ उपत्यकासहित देशका विभिन्न ठाउँमा प्रदर्शन गरेको छ।
प्रदर्शनको क्रममा काठमाडौँमा तीनजना घाइते भएका छन्। त्यसक्रममा सात जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
हिजो एमाले सम्बद्ध जनसंगठनले माइती घरबाट बानेश्वरसम्म विरोध प्रदर्शन गरेका थिए।
अध्यक्ष ओली पक्राउको विषयमा एमालेले आज बिहान १०।३० बजे कानुनविदहरुसँग अन्रतसंवाद पनि गर्दैछ।
एमाले सम्बद्ध प्रेस चौतारीको केन्द्रीय कार्यालय पुतली सडकमा कार्यक्रम हुने सो पार्टीले जनाएको छ।
शनिबार बिहान आफ्नै निवास भक्तपुरको गुण्डुबाट पक्राउ परेका ओलीलाई हाल महाराजगन्जस्थित शिक्षण अस्पतालमा चिकित्सकको निगरानीमा राखिएको छ।
Shares

प्रतिक्रिया