आज पनि काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
अहिले बिहान भने कोसी, मधेस, बागमती, गण्डकी प्रदेशलगायत देशका पहाडी र हिमाली क्षेत्रको आकाशमा साधारणतया बादल लागेको छ भने बाँकी स्थानमा आंशिक बादल लागेको छ। अनि कोसी, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ।
महाशाखाले आज बिहान ८ बजे जारी गरेको प्रक्षेपणअनुसार आज दिउँसो बागमती र गण्डकी प्रदेशलगायत देशका पहाडी र हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षा/हिमपात हुने सम्भावना छ।
यस्तै आज राति कोसी, गण्डकी र कर्णाली प्रदेशका पहाडी र हिमाली भूभाग तथा बागमती प्रदेशका हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपात हुने सम्भावना रहेको मौसम महाशाखाले जनाएको छ।
यसैबिच आज काठमाडौँ उपत्यकामा पनि वर्षाको सम्भावना रहेको मौसम महाशाखाका मौसमविद् डेभिड ढकालले नेपालखबरलाई जानकारी दिएका छन्।

Shares

प्रतिक्रिया