राजनीति


लेखकको गृहनगरमा एमाले र कांग्रेसको संयुक्त प्रदर्शन

लेखकको गृहनगरमा एमाले र कांग्रेसको संयुक्त प्रदर्शन

सबै तस्बिर: गोकुल जोशी/नेपालखबर


गोकुल जोशी
चैत १४, २०८२ शनिबार १६:४९, कञ्चनपुर

पूर्वगृहमन्त्री रमेश लेखकको गृहनगरमा नेकपा (एमाले) र नेपाली कांग्रेसले संयुक्त रुपमा विरोध प्रदर्शन गरेका छन्। 

शनिबार अपराह्न एमाले र कांग्रेसका नेता तथा कार्यकर्ताले महेन्द्रनगरमा प्रदर्शन गरेका छन्। दुवै दलका नेता तथा कार्यकर्ता आ-आफ्नो पार्टीका झण्डा बोकेर सडकमा आएका हुन्।  

उनीहरूले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री लेखकको तत्काल रिहाइको माग गरेका छन्। उनीहरूले सरकारविरुद्ध नाराबाजी गरेका छन्। उनीहरूले प्रतिशोध साँधेर ओली र लेखकलाई पक्राउ गरिएको भन्दै विरोध जनाएका हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad