राजनीति


नवनियुक्त परराष्ट्रमन्त्री खनाललाई चिनियाँ विदेशमन्त्री वाङले दिए बधाई

नवनियुक्त परराष्ट्रमन्त्री खनाललाई चिनियाँ विदेशमन्त्री वाङले दिए बधाई

नेपालखबर
चैत १४, २०८२ शनिबार १२:२०, काठमाडौँ

चीनका विदेशमन्त्री वाङ यीले नेपालका नवनियुक्त परराष्ट्रमन्त्री शिशिर खनाललाई बधाई ज्ञापन गरेका छन्। 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) को नेतृत्वमा शुक्रबार गठित सरकारमा परराष्ट्रमन्त्री बनेका शिशिरले हिजै पदभार ग्रहण गरिसकेका छन्। 

त्यसको भोलिपल्ट शनिबार चीनका विदेशमन्त्री वाङ यीले बधाई दिँदै सहकार्य गर्न उत्सुक रहेको बताएका हुन्। 

‘परम्परागत मैत्रीपूर्ण छिमेकी चीन र नेपालले सन् १९५५ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै दुःखसुख बाँड्दै शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्तका आधारमा द्विपक्षीय सम्बन्ध विकास गरेका छन्’, चिनियाँ कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्यसमेत रहेका वाङले सन्देशमा भनेका छन्, ‘दुवै पक्षले गरेको महत्त्वपूर्ण सहमतिलाई संयुक्त रूपमा कार्यान्वयन गर्न र विकास र समृद्धिका लागि स्थायी मित्रतासहितको चीन-नेपाल रणनीतिक साझेदारीलाई नयाँ उचाइमा पुर्‍याउन नवनियुक्त विदेशमन्त्री शिशिरसँग काम गर्न उत्सुक छु।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad