राजनीति


मेरो पक्राउ प्रतिशोधपूर्ण छ, कानुनी लडाइँ लड्छु: केपी ओली

मेरो पक्राउ प्रतिशोधपूर्ण छ, कानुनी लडाइँ लड्छु: केपी ओली

नेपालखबर
चैत १४, २०८२ शनिबार ७:२५, काठमाडौँ

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई पक्राउ गर्नु नवगठित सरकारको प्रतिशोधपूर्ण कदम भएको बताएका छन्। 

एमाले अध्यक्षसमेत रहेका ओलीलाई प्रहरीले शनिबार बिहान भक्तपुरको गुण्डुस्थित निवासबाटै पक्राउ गरेको थियो। उनलाई पक्राउको लागि प्रहरी रातभर गुण्डुस्थित ओलीको निवासमा तैनाथ थियो। 

पक्राउपछि ओलीलाई काठमाडौँ प्रहरी परिसर भद्रकाली लगिएको छ। 

गत भदौ २३ गते भएको जेनजी आन्दोलनका क्रममा नागरिकको क्रममा ‘हेलचेक्र्याइँ गरी ज्यान मारेको’ अभियोगमा प्रहरीले पक्राउ गरेको हो। 

प्रहरी आफूलाई पक्राउ गर्न पुर्जी लिएर प्रहरी आएपछि उनले आफ्ना वकिलहरुसँग परामर्श गरेका थिए। 

पक्राउ पर्नुअघि ओलीले पूर्वमहान्यायाधिवक्ता रमेश बडाल र वरिष्ठ अधिवक्ता टिकाराम भट्टराईसँग परामर्श गरेका हुन्। 

पक्राउअघि ओलीले वकिलहरुसँग भनेका थिए, ‘यो पक्राउ प्रतिशोध पूर्वाग्रहपूर्ण छ। यसविरुद्ध कानुनी लडाईं लड्छु।’ 

वरिष्ठ अधिवक्ता भट्टराईले पनि ओलीको पक्राउ गैरकानुनी रहेको दाबी गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad