राजनीति


मलाई प्रतिशोधपूर्ण ढंगले पक्राउ गरियो, कानुनी लडाइँ लड्छु: रमेश लेखक

मलाई प्रतिशोधपूर्ण ढंगले पक्राउ गरियो, कानुनी लडाइँ लड्छु: रमेश लेखक

फाइल तस्बिर


नेपालखबर
चैत १४, २०८२ शनिबार ७:५, काठमाडौँ

पूर्वगृहमन्त्री रमेश लेखकले आफूलाई प्रतिशोध र पूर्वाग्रहपूर्ण ढंगले पक्राउ गरिएको बताएका छन्।

प्रहरीले उनलाई शनिबार बिहान भक्तपुरको कटुन्जेस्थित निवासबाटै पक्राउ गरेको थियो।

पक्राउपछि काठमाडौँ परिसरमा लेखकले नेपालखबरसँग भने, ‘मलाई प्रतिशोध र पूर्वाग्रह पूर्णरुपमा पक्राउ गरिएको छ। क्याबिनेट र गृहमन्त्रालयले निर्णय गरेर पक्राउ गरेको छ। यस्तो संसारमा कहीँ हुँदैन।’ 

मन्त्रिपरिषदको निर्णयबाट मान्छे पक्राउ गर्ने अभ्यास थालेर कानुनको मजाक उडाइएको लेखकले बताए।

उनले आफ्नो पक्राउविरुद्ध राजनीतिक र कानुनी लडाइँ लड्ने पनि बताएका छन्। ‘यो पक्राउविरुद्ध राजनीतिक र कानुनी लडाइँ लड्न म तयार छु,’ लेखकले भने। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad