राजनीति


समस्याग्रस्त सहकारीका विषयमा जानकार छु: सामान्य प्रशासनमन्त्री रावल

समस्याग्रस्त सहकारीका विषयमा जानकार छु: सामान्य प्रशासनमन्त्री रावल

नेपालखबर
चैत १३, २०८२ शुक्रबार १६:४४, काठमाडौँ

नवनियुक्त संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले पदभार ग्रहण गरेकी छन्।  
    
राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा पद तथा गोपनीयताको शपथ लिएपछि आजै मन्त्री रावलले सिंहदरबार पुगेर पदभार ग्रहण गरेकी हुन्। सामान्य प्रशासन मन्त्रालयमा पदभार ग्रहण गरेलगत्तै मन्त्री रावलले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको समेत जिम्मेवारी सम्हालेकी छन्।
      
मन्त्री रावलले जनताले प्रत्यक्ष महसुस गर्नेगरी काम गर्ने प्रतिबद्धता व्यक्त गरिन्। आफू कञ्चनपुरबाट प्रतिनिधित्व गर्ने भएकाले भूमिसम्बन्धी समस्यासँग परिचित रहेको उल्लेख गर्दै उनले सहकारी क्षेत्रका चुनौतीबारे पनि जानकार रहेको बताइन्।
      
‘समस्याग्रस्त सहकारीका विषयमा पनि म जानकार छु’, मन्त्री रावलले भनिन्, ‘समस्या समाधानका लागि के गर्न सकिन्छ र कसरी अघि बढ्न सकिन्छ भन्ने विषयमा सबैसँग सहकार्य गरेर अगाडि बढ्छौँ। प्रत्यक्ष जनतासँग जोडिएका काम भएकाले जनताले महसुस गर्नेगरी काम गर्नुपर्छ।’
      

पदभार ग्रहणपछि मन्त्रालयका सचिव मदन भुजेलले समस्याग्रस्त सहकारी, बचत फिर्तासम्बन्धी जटिलता तथा सहकारी पीडितका नाममा बनेका विभिन्न दबाब समूहबारे मन्त्री रावललाई ‘ब्रिफिङ’ गरेका थिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad