राजनीति


जेनजी आन्दोलनको प्रतिवेदन कार्यान्वयन गर्नुपर्छ, कसैलाई छुट हुँदैन: गृहमन्त्री गुरुङ

जेनजी आन्दोलनको प्रतिवेदन कार्यान्वयन गर्नुपर्छ, कसैलाई छुट हुँदैन: गृहमन्त्री गुरुङ

नवनियुक्त गृहमन्त्री सुधन गुरुङ। तस्बिर: सरोज शाही/नेपालखबर


नेपालखबर
चैत १३, २०८२ शुक्रबार १५:७, काठमाडौँ

नवनियुक्त गृहमन्त्री सुधन गुरुङले जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन तत्काल कार्यान्वयनमा लग्नुपर्ने बताएका छन्। 

शुक्रबार गृह मन्त्रालयमा पदवहाली गरेसँगै गृहमन्त्री गुरुङले कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गरिने बताएका हुन्। ‘जेनजी आन्दोलनबारे प्रधानमन्त्रीको निर्णयअनुसार, तत्काल कार्यान्वयनमा गर्नुपर्छ। यसमा कसैलाई छुट हुँदैन,’ उनले भने। 

गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको छानबिनका लागि सरकारले पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा जाँचबुझ आयोग गठन गरेको थियो। निर्वतमान प्रधानमन्त्री सुशीला कार्कीले छानबिन प्रतिवेदन कार्यान्वयनमा लैजाने निर्णय गरेकी थिइन्। त्यसैलाई आधार बनाएर नवनियुक्त गृहमन्त्री गुरुङले तत्काल कार्यान्वयनमा लग्नुपर्ने बताएका हुन्।

उनले प्रतिवेदन कार्यान्वयन गर्ने पहिलो जिम्मेवारी गृह मन्त्रालयकै भएको बताए। ‘प्रतिवेदन कार्यान्वयन गर्ने पहिलो जिम्मेवारी गृह मन्त्रालयले लिन्छ। त्यही अनुसार गर्न सुरक्षा निकायका प्रमुखलाई भन्छु,’ उनले भने। 

यस्तै, सेवाग्राहीलाई सहज रुपमा सेवा उपलब्ध गराउनुपर्ने बताए। त्यसका लागि एकद्वार प्रणालीलाई प्रभावकारी बनाउनुपर्ने उनको भनाइ थियो। एउटा ठाउँमा निवेदन दिएपछि काम हुनुपर्नेमा उनले जोड दिए। 

यससँगै उनले घूस लिनेलाई तत्काल कारबाही गरिने बताए। कसैले घूस लिएमा तत्काल प्रहरीलाई जानकारी गराउन पनि उनले आग्रह गरे। 
आफू बोल्नेभन्दा पनि काममा जोड दिने उनको भनाइ थियो। ‘म धेरै नबोली एक्सनमा जान्छु, रिजल्ट देखाउँछु,’ गुरुङले भने। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad