नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपतिसमक्ष उनले ईश्वर, देश र जनताको नाममा शपथ लिएका हुन्।
तयारी पूरा भए पनि समारोहलाई २ मिनेट 'होल्ड' गरेर शपथ प्रक्रिया अघि बढाइएको थियो। पेशाले इन्जिनियर र चिनिएका र्यापर बालेन आफ्नो चर्चित शैली 'कालो कोट र कालो चश्मा' मै सजिएर शपथ लिन पुगेका थिए।
बालेनले आफ्नो मन्त्रिमण्डलमा ५ जना महिलालाई मन्त्री नियुक्त गर्दै समावेशिताको नयाँ मानक समेत स्थापित गरेका छन्। वैकल्पिक राजनीतिको चर्चाबीच देशको कार्यकारी प्रमुख बनेका बालेनको यो उदयलाई नेपाली राजनीतिमा ऐतिहासिक परिवर्तनका रूपमा हेरिएको छ।
प्रधानमन्त्री नियुक्त हुनु अघिल्लो दिन बिहीबार पनि उनले नयाँ गीत सार्वजनिक गरेका थिए।
शपथ ग्रहण समारोहमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, निवर्तमान प्रधानमन्त्री सुशीला कार्की, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, प्रतिनिधि सभाका ज्येष्ठ सदस्य अर्जुन नरसिंह केसीलगायत नेता उपस्थित रहेका थिए।
Shares

प्रतिक्रिया