राजनीति


प्रधानमन्त्री बालेनको शपथ समारोहमा गएनन् ओली

प्रधानमन्त्री बालेनको शपथ समारोहमा गएनन् ओली

नेपालखबर
चैत १३, २०८२ शुक्रबार १२:५१, काठमाडौँ

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा एमाले अध्यक्षसमेत रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओली अनुपस्थित भएका छन्। 

पूर्वप्रधानमन्त्रीहरू पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल र बाबुराम भट्टराई प्रधानमन्त्री बालेनको शपथ ग्रहण समारोहमा सहभागी भए पनि ओली अनुपस्थित भएका हुन्। 

पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा विदेशमा रहेका कारण समारोहमा उपस्थित भएनन्। 

अन्तरिम सरकारका प्रमुख तथा सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश खिलराज रेग्मी पनि समारोहमा सहभागी भएका छन्।

एमाले अध्यक्ष ओली गएको फागुन २१ गते भएको निर्वाचनमा झापा ५ बाट बालेनसँगै पराजित भएका थिए। 

गएको भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनबाट ओली प्रधानमन्त्रीबाट पदच्युत भएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad