राजनीति


ज्येष्ठ सदस्य केसीले गरे नयाँ संसद बैठक कक्षको अवलोकन

ज्येष्ठ सदस्य केसीले गरे नयाँ संसद बैठक कक्षको अवलोकन

नेपालखबर
चैत ११, २०८२ बुधबार १७:५६, काठमाडौँ

प्रतिनिधि सभा सदस्यका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले संसद सचिवालय र नयाँ संसद बैठक कक्षको अवलोकन गरेका छन्।

बुधबार दिउँसो केसीले सिंहदरबारस्थित संसद सचिवालय र नयाँ संसद बैठक कक्षको अवलोकन गरेका हुन्।

अवलोकनपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले संसद लोकतन्त्रको मूल आधार भएको बताए। उनले संसदबाट आउने विभिन्न विचारहरूको संयोजन गरेर साझा निष्कर्ष निकाल्नुपर्ने भन्दै आफू सक्रिय रुपमा भूमिका खेल्ने बताए। 

उनले भने, ‘लोकतन्त्रको मूल आधार थलो रुपमा रहेको संसदमा भिन्न विचारहरू आउँछन्। त्यसलाई संयोजन गरेर सहमतिपूर्ण ढंगले निष्कर्ष निकाल्नुपर्ने हुन्छ। त्यसकारण म जति समय रहन्छु संसद सञ्चालन गर्न समय पाउँछु कि पाउँदिन त्यो त थाहा छैन। तद्अनुसार संसदको रक्षकको रुपमा र जनप्रतिनिधिहरूको विषेशाधिकारको रक्षा गर्नेगरी भूमिका खेल्छु।’

यसअघि बुधबार नै उनले ज्येष्ठ सदस्यको रुपमा पद तथा गोपनियताको शपथ लिएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad