उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हा मन्त्रालयबाट बिदा भएका छन्।
बुधबार कार्यालय गएका उनलाई सचिवालयका कर्मचारीले बिदाइ गरेका हुन्। सिन्हा ६ महिना ६ दिनअघि मन्त्री नियुक्त भएका थिए।
सिन्हाले आफ्नो जिम्मेवारीको काम सफलतापूर्वक सम्पन्न गरेर बिदाइ भएका उनको सचिवालयले जनाएको छ।

सिन्हाले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँगै कानुन तथा संसदीय मामिला, उर्जा र संस्कृति तथा पर्यटन मन्त्रालयको जिम्मेवारीसमेत सम्हालेका थिए।
गएको भदौ २७ गते प्रधानमन्त्री सुशीला कार्की नियुक्त भएसँगै सर्वोच्च अदालतका पूर्वन्यायाधीशसमेत रहेका सिन्हा मन्त्री बनेका थिए।
सुरुमा सिन्हालाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी दिइएको थियो। पछि कुमार इङनाम भूमिमन्त्री बनेपछि सिन्हालाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी थप गरिएको थियो।
पछिल्लो समय उनले तीनवटा मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका थिए।
Shares

प्रतिक्रिया