राजनीति


मूल्यवृद्धि रोक्न सरकारले पेट्रोलियम पदार्थमा सहुलियत दिनुपर्छ: प्रदीप पौडेल

मूल्यवृद्धि रोक्न सरकारले पेट्रोलियम पदार्थमा सहुलियत दिनुपर्छ: प्रदीप पौडेल

नेपालखबर
चैत ३, २०८२ मंगलबार १९:८, काठमाडौँ

नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले मध्यपूर्वमा देखिएको द्वन्द्वको असरले महंगी बढ्ने बताउँदै त्यसलाई रोक्न पेट्रोलियम पदार्थमा सहुलियत दिन सरकारसँग आग्रह गरेका छन्।

मंगलबार भिडिओ वक्तव्य जारी गर्दै पौडेलले मध्यपूर्वको तनाव केही समय लम्बिने संकेत देखिएकाले नेपालमा पनि त्यसको असर पर्ने जनाएका छन्। पेट्रोलिय पदार्थको मूल्य वृद्धिले यातायात मात्र नभएर सबैतिर महंगी बढ्ने खतरा औल्याएका छन्। 

‘विगत केही दिनदेखि मध्यपूर्वका देशमा भएका घटनाले हामीलाई प्रभाव पार्ने दखिएको छ। मोटरसाइकल चढेर हिंड्नेदेखि दूध लिएर घर जानेसम्मका जोकोहीको पनि खर्च बढेको छ,’ पौडेलले भने, ‘सबैतिर पेट्रोलियमको मूल्यवृद्धिलाई देखाएर मूल्यवृद्धि भयावह हुने सम्भावना बढेर गएको छ।’

उनले यो समस्या केही समयका लागि रहिरहने शंकेत देखिएकाले पेट्रोलियम पदार्थमा सहुलियत दिनुपर्ने बताएका छन्। ‘यो समस्या केही समयका लागि रहिरहने शंकेत देखिएको छ। यस आधारमा सरकारले पेट्रोलियम पदार्थमा केही समयसम्म सहुलियत दिनुपर्छ र मूल्यलाई स्थिर बनाउनुपर्छ,’ पौडेलले भनेका छन्। 

त्यस्तै, वैकल्पिक उर्जाको प्रयोगमा सरकारले नागरिकलाई सचेत बनाउनुपर्नेमा पनि जोड दिएका छन्। एलपी ग्यासको सट्टा इन्डक्सन प्रयोगलाई प्रोत्साहित गर्न आग्रह गरे। ‘वैकल्पिक उर्जाबाट चल्ने गाडीमा प्रोत्साहित गर्नुपर्छ। यस्तै वैकल्पिक उर्जाको प्रयोगबाट पेट्रोलियम पदार्थको उपभोग न्यूनीकरण गर्न सकिने सबै स्थिति प्रयोगमा ल्याउन सक्नुपर्छ,’ उनले भनेका छन्। 

पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि कारण महंगी बढ्ने खतरा रहेको र त्यसलाई रोक्न सरकारसँग आग्रह गरेका छन्। ‘कालोबजारी हुन नदिने उपभोग्य सामग्री संग्रह गरेर राख्ने र उपभोक्तालाई दुःख दिने प्रवृत्तिलाई पूर्ण रुपमा निरुत्साहित गर्न सरकारले सक्नुपर्छ,’ पौडेलले भनेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad