राजनीति


कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न गृहमन्त्रीलाई जेनजीको ज्ञापनपत्र

कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न गृहमन्त्रीलाई जेनजीको ज्ञापनपत्र

नेपालखबर
चैत ३, २०८२ मंगलबार १९:२३, काठमाडौँ

जेनजी आन्दोलनको छानबिनसम्बन्धी प्रतिवेदन सार्वजनिक गर्न जेनजी २.० ले गृहमन्त्री ओमप्रकाश अर्याललाई ज्ञापनपत्र बुझाएको छ। 

मंगलबार जेनजीको टोलीले गृहमन्त्री अर्याललाई भेटेर ज्ञापनपत्र बुझाउँदै कार्की आयोगको प्रतिवेदन तत्काल सार्वजनिक माग गरेको हो।

आयोगले अध्ययन, अनुसन्धान तथा तथ्य प्रमाणका आधारमा तयार पारेको प्रतिवेदन जनसरोकारसँग प्रत्यक्ष जोडिएको विषय भएकाले तत्काल सार्वजनिक गर्नुपर्ने जेनजी २.० का प्रवक्ता अविन लिम्बूले बताए। 

प्रतिवेदन सार्वजनिक नगर्दा जनतामा आशंका, अन्योल तथा अविश्वास पैदा हुने उनीहरूले जनाएका छन्। त्यसैले छानबिन प्रतिवेदन तत्कालन सार्वजनिक गर्न उनीहरूले माग गरेका छन्। 

गत भदौ २३ र २४ गते भएको घटनाको छानबिन गर्न सरकारले गौरीबहादुर कार्कीको नेतृत्वमा जाँचबुझ आयोग गठन गरेको थियो। आयोगले गत फागुन २४ मा प्रतिवेदन बुझाएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad