राजनीति


गगन थापाको प्रश्नः संसद सभामुखले चलाउनु भएको छ कि सरकारले?

गगन थापाको प्रश्नः संसद सभामुखले चलाउनु भएको छ कि सरकारले?

नेपालखबर
असार २५, २०७६ बुधबार १०:५६,

नेपाली कांग्रेसका सांसद गगन थापाले संसद सरकारको छायाँको रुपमा सीमिति हुँदै गएको आरोप लगाएका छन्।

प्रतिनिधिसभाको बुधबारको बैठकपछि संघीय संसद भवनमा सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै थापाले सरकारको छायाँको रुपमा सीमिति भएको संसदका सभामुखले पनि स्वतन्त्र भुमिका निर्वाह गर्न नसकेको आरोप लगाए। प्रतिपक्षी दललाई पेलेर जाने नियत सरकारले राखेको र त्यसैलाई सभामुखले अनुशरण गरेको उनको टिप्पणी थियो। उनले संसदीय समितिको सामना गर्न सरकार र समिति गठन गर्न सभामुख तयार हुनुपर्ने बताए।

‘एकपटक फेरि संसद नेपालको सरकारको छायाँका रुपमा सीमिति भएको छ। सभामुखले स्वतन्त्र भुमिका निर्वाह गर्न सक्नुभएको छैन। संसदप्रति सांसदकै भरोसा टुट्छ भने आम व्यक्तिहरुको भरोसा के रहन्छ?’, उनले भने ‘पेलेर जाने रवैया, नियत राख्नुभएको छ। यसले सभामुख दिन प्रतिदिन हाम्रो विश्वास गुमाउदै हुनुहुन्छ भन्ने कुरालाई पुष्टि गरेको छ।’ उनले संसदीय छानबिन समिति नबोसम्म प्रमुख प्रतिपक्षी दलको तर्फबाट संसद चल्न सहयोग नहुने प्रस्ट पारे। ‘सरकार यसको सामना गर्न र सभामुख बनाउन तयार हुनुपर्छ’, उनले थपे।

मंगलबारको बैठकमा संसदीय समिति गठन गर्नेमा सकारात्मक रहेका सभामुख सरकारको निर्देशनपछि पछि हटेको सांसद थापाको आरोप थियो।

‘संसदीय छानविन समिति बनाउने सवालमा सरकार पक्षका सांसदहरुले हामी तयार छैनौ भन्नुभयो। कानुनमन्त्रीले तयार छैन भनेपछि उहाँहरुले जे कुरा भन्नुभो सभामुखले त्यही कुरा मान्नुभया’, उनले भने, ‘कम्तिमा हामी एकजना सांसदले कुरा राख्छौ भन्दा कुरा समेत पनि राख्न नदिने। किन कि सरकारवालाको कुरा आज बोल्न पनि नदिने भनिसकेपछि त्यो चाँहि आदेश पालना गरे जस्तो भयो।’

मंगलबारको बैठकमा मनत्री र सभामुख दुवै तयार भएको र र आज (बुधबार) प्रतिपक्षले आग्रह गर्दा पनि पेलर संसद चलाउन तयार भएको भन्दै र आफै तयार भएको संसदीय समिति तयार नहुनुले सभामुख कतैबाट परिचालित भएको हुनसक्ने आशंका जन्माएको उनको भनाइ थियो। ‘आफैँ पोजेटिभ भएको छानबिन समिति बनाउन तयार हुनुहुन्न भनेपछि यो संसद सभामुखले चलाउनुभएको छ वा सरकार चलाउने मान्छे आफैँले संसद चलाईरहेको छ?’, उनले प्रश्न गरे।

उनले सर्लाहीका दुई भिन्न भिन्न घटना सामान्य नभएकाले सत्यतथ्यमा नपुगे भविष्यमा लोकतन्त्रलाई नै खतरामा पार्न सक्छ भन्ने मानेर आफुहरुले संसदीय छानविन समिति गठनको माग गरेको स्पष्ट पारे।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका सांसद एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले हरेक कुरामा संसदीय छाननिव समिति गठन हुन नसक्ने प्रतिक्रिया दिए।

कांग्रेस र राजपाका सांसदले सर्लाहीका दुई घटनाको सत्यतथ्य पत्ता लगाउन संसदीय छानविन समिति गठन गर्नुपर्ने माग गरेर उभिईरहेकै बेला सभामुखले बैठकको कार्यसूची अगाडि बढाएपछि सांसदहरुले रोष्टम घेराउ गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad