कारोबार


सेयरबजारमा २९ लाख कित्ता सेयर बिक्री, नेशनलका सेयरधनीलाई ५३ रुपैयाँ फाइदा

सेयरबजारमा २९ लाख कित्ता सेयर बिक्री, नेशनलका सेयरधनीलाई ५३ रुपैयाँ फाइदा

नेपालखबर
असार २५, २०७६ बुधबार १०:५०,

आज सेयरबजार १.१२ अंकले घटेर सूचक १२४९.१५ अंकमा समेटिएको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार आज सेयरबजारमा १ सय ६८ कम्पनीको २९ लाख ९८ हजार कित्ता सेयर बिक्री भएको छ। ५ हजार २ सय ७२ पटकको दिनभरिको खरिदबिक्रीबाट कुल ५७ करोड ३४ लाखको कारोबार भएको छ। आज कुल बजार पुँजीकरण १५ खर्ब ५५ अर्बको र तरल बजार पुँजीकरण ५ खर्ब ५३ करोड रुपैयाँ रहेको छ।

बजार घटेको दिन ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सिटिभ सूचक पनि शून्य दशमलव शून्य नौ अंकले ओर्लिएको नेप्सेले जनाएको छ। आज वाणिज्य बैंक, माइक्रोफाइनान्स र जीवन बीमाको कारोबार सूचक हरियो हुँदा होटल, विकास बैंक, ऊर्जा, फाइनान्स, निर्जीवन बीमा, उत्पादन, अन्य र म्युचुअल फन्डको कारोबार सूचक रातो छ।

धेरै कारोबार गर्ने कम्पनीहरु
आज सबैभन्दा बढी सेयर कारोबार गर्नेमा सिभिल बैंक लिमिटेड प्रोमोटर सेयर कम्पनी रहेको छ। कम्पनीको १७ करोड ५३ लाखको सेयर प्रतिकित्ता १०० रुपैयाँमा बिक्री हुँदा सिटिजन इन्भेष्टमेन्ट ट्रस्टको ४ करोड ११ लाखको कारोबार भएको छ। त्यस्तै नेपाल बैंक लिमिटेडको २ करोड २३ लाख, एनआईसी एसिया बैंकको १ करोड ६५ लाख, शिवम् सिमेन्टको १ करोड ५५ लाख, प्रभु बैंकको १ करोड ५१ लाख, मेगा बैंकको १ करोड २९ लाख, नेपाल टेलिकमको १ करोड २८ लाख, फर्ष्ट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक लिमिटेडको १ करोड २१ लाख र कृषि विकास बैंकको १ करोड ६ लाखको सेयर किनबेच भएको छ।

कमाउने कम्पनीहरु
त्यस्तै आज सेयर खरिदबिक्रीमा धेरै आम्दानी गर्ने कम्पनीमा भने इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेड अगाडि छ। कम्पनीका सेयरधनीले प्रतिकित्ता आज ३७ रुपैयाँ हात पार्दा सेयरमूल्य प्रतिकित्ता ४ सय १० रुपैयाँ रहेको छ। त्यसपछि समिट लघुवित्त वित्तीय संस्थाका सेयरधनीले २२ रुपैयाँ, मल्टिपर्पोस फाइनान्स कम्पनीका सेयरधनीले ६ रुपैयाँ कमाएका छन्। रकमका हिसाबले नेशनल माइक्रोफाइनान्स वित्तीय संस्थाका सेयरधनीले ५३ रुपैयाँ कमाएका छन्। कम्पनीको प्रतिकित्ता सेयर मूल्य १ हजार ४ सय ५३ रुपैयाँ रहेको नेप्सेले जनाएको छ।

जसले गुमाए
आज गुमाउने कम्पनीमा भने सिद्धिल लघुवित्त वित्तीय संस्था अगाडि छ। कम्पनीका सेयरधनीले ५३ रुपैयाँ गुमाएका छन्। त्यस्तै कञ्चन डेभलपमेन्ट बैंकका सेयरधनीले १२ रुपैयाँ गुमाउँदा आँखुखोला जलविद्युत् कम्पनीका सेयरधनीले चार रुपैयाँ घाटा व्यहोरेका छन्।

सेयर धेरै पटक बिक्री हुनेमा भने माथिल्लो तामाकोशी जलविद्युत् आयोजना २ सय २७ पटक, मेगा बैंक १ सय ८८ पटक, प्रभु बैंक १ सय ६२ पटक, शिवम् सिमेन्ट १ सय ६० पटक रहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad