राजनीति


रीमा रास्वपाको समानुपातिक सांसद, प्रकाश सपूत परेनन्

रीमा रास्वपाको समानुपातिक सांसद, प्रकाश सपूत परेनन्

नेपालखबर
चैत १, २०८२ आइतबार २१:३१, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निर्वाचन आयोगमा बुझाएको समानुपातिक सांसदको सूचीमा चर्चित गायक प्रकाश सपूत परेका छैनन्, अभिनेत्री रीमा विश्वकर्मा भने सांसद बन्ने सूचीमा परेकी छन्। 

पार्टी सचिवालयको निर्णयअनुसार आयोगमा बुझाइएको ५७ जनाको प्रस्तावित सूचीमा महिला प्रतिनिधित्वसम्बन्धी संवैधानिक प्रावधानका कारण यस्तो संरचना बनेको स्रोतले जनाएको छ। 

रास्वपाले बुझाएको सूचीमा कुल ५७ जनामध्ये ४८ जना महिला र ९ जना पुरुष छन्। संविधानअनुसार संघीय संसदमा प्रतिनिधित्व गर्ने प्रत्येक दलबाट निर्वाचित कुल सदस्य संख्याको कम्तीमा एक तिहाई महिला हुनुपर्ने व्यवस्था छ। 

रास्वपाले प्रत्यक्षतर्फ १२५ र समानुपातिकतर्फ ५७ गरी प्रतिनिधिसभामा १८२ सिट प्राप्त गर्ने देखिएको छ। त्यसको एक तिहाईका आधारमा रास्वपाबाट कम्तीमा ६१ जना महिला सांसद हुनुपर्छ। प्रत्यक्ष निर्वाचनबाट १३ जना महिला निर्वाचित भइसकेकाले बाँकी ४८ जनालाई समानुपातिक सूचीबाट संसदमा लैजानुपर्ने देखिएको हो। 

यसै कारण दलिततर्फ दोस्रो नम्बरमा रहेका प्रकाश सपूत सूचीमा अटाउन सकेनन् भने सोही समूहमा पहिलो नम्बरमा रहेकी रीमा विश्वकर्मा भने सांसद बन्ने सूचीमा परेकी छन्। यो जानकारी रास्वपाका एक पदाधिकारीले दिएका हुन्। 

रास्वपाले आयोगमा बुझाएको सूचीअनुसार खसआर्यबाट १७ (१ पुरुष), आदिवासी जनजातिबाट १६ (३ पुरुष), मधेसीबाट ९ (२ पुरुष), दलितबाट ८ (१ पुरुष), थारुबाट ४ (२ पुरुष) र मुस्लिमबाट ३ जना प्रस्तावित सांसद समावेश छन्।

रास्वपाका समानुपातिक सांसदहरू : 

खस आर्यबाट १६ महिला १ पुरुष
प्रतिभा रावल
रचना खतिवडा
लिमा अधिकारी
विदुषी राणा
समीक्षा बास्कोटा
श्रद्धा कुँवर
टीका सङ्ग्रौला
क्रान्ति शिखा धिताल
आकृति अवस्थी
सृष्टि भट्टराई
मञ्जु भुसाल
प्रभा कार्की
शोभा खनाल
रत्ना कुमारी थापा
ज्ञानु पौडेल
प्रभा ढकाल
रमेश प्रसाईँ

आदिवासी जनजातितर्फका १३ महिला ३ पुरुष
बसुमाया तामाङ
गङ्गा छन्त्याल
सुन्नीमा उदास
अनुष्का श्रेष्ठ
ओजस्वी शेरचन
सिर्जना श्रेष्ठ
रजनी श्रेष्ठ
कुसुम महर्जन
भूमिका श्रेष्ठ
प्रमीला कुलुजु
सुजाता तामाङ
कृपा महर्जन
एलिजा गुरुङ
राम लामा
खुश्बु सरकार श्रेष्ठ
मिङ्मा ग्याबु शेर्पा

मधेसीबाट ६ महिला २ पुरुष
पुनमकुमारी अग्रवाल
निशा मेहता
ललिता कुमारी
अंकिता ठाकुर
सरिता महतो
कामिनी कुमारी
पुरुषोत्तम सुप्रभात यादव
खगेन्द्र कर्ण

दलितबाट ७ महिला १ पुरुष
रीमा विश्वकर्मा
अमृता विक
सीता बादी
स्मृति सेन्चुरी
सुष्मा स्वर्णकार
तारा विश्वकर्मा
खिमा विक
प्रकाशचन्द्र परियार

थारुबाट २ महिला २ पुरुष
गीता चौधरी
करिस्मा कठरिया
सुरेन्द्र चौधरी
प्रेमलाल चौधरी

मुस्लिमबाट ३ महिला
समिना मिया
अफ्साना बानु
गलाजा शमीम मिकरानी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad