राजनीति


निर्वाचनको जनमत हार होइन, उज्यालो भविष्यको सुरुवात हो: कुलमान

निर्वाचनको जनमत हार होइन, उज्यालो भविष्यको सुरुवात हो: कुलमान

नेपालखबर
चैत १, २०८२ आइतबार १६:३९, काठमाडौँ


उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले प्राप्त जनमतलाई हारको रूपमा नलिई भविष्यको उज्यालो यात्राको मूल्यवान बीउका रूपमा ग्रहण गर्नुपर्ने बताएका छन्।

निर्वाचन समीक्षा तथा आगामी राजनीतिक कार्यदिशा निर्धारण गर्न बसेको उज्यालो नेपाल पार्टीको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष घिसिङले यस्तो बताएका हुन्।

यही फागुन २९ र ३० गते सम्पन्न दुई दिने विशेष समीक्षा कार्यक्रममा उनले चुनौतीपूर्ण परिस्थितिमा पनि पार्टीले देशभर उल्लेखनीय सद्भाव, विश्वास तथा जनसमर्थन प्राप्त गरेको उल्लेख गर्दै अब यसै आधारमा संगठन विस्तार, सदस्यता अभिवृद्धि, डिजिटल अभियान, स्थानीय जनसम्पर्क तथा आगामी प्रदेश तथा स्थानीय तह निर्वाचनको तयारीलाई तीव्रता दिने स्पष्ट पारेका थिए।

अध्यक्ष कुलमान घिसिङको अध्यक्षतामा सम्पन्न बैठकमा उम्मेदवार, प्रदेश तथा जिल्ला संयोजकहरूबीच भएको छलफलमा निर्वाचनका क्रममा प्राप्त अनुभव, जनसम्पर्कको स्वरूप, संगठन विस्तारका सम्भावना, मतदाताको मनोविज्ञान, प्रचारप्रसारका चुनौतीहरू तथा छोटो समयमा पार्टीले निर्माण गरेको राष्ट्रिय उपस्थितिबारे विस्तृत समीक्षा गरिएको प्रवक्ता डा. राजु थापाले जानकारी दिए।

सहभागीहरूले अत्यन्त सीमित समय, न्यून स्रोतसाधन तथा प्रारम्भिक संगठनात्मक अवस्थाका बाबजुद पनि उज्यालो नेपाल पार्टीले देशव्यापी रूपमा सम्मानजनक मत प्राप्त गर्न सफल भएकोमा सन्तुष्टि व्यक्त गर्दै यसलाई भविष्यको मजबुत राजनीतिक आधारशिलाको रूपमा लिएका थिए।

बैठकले पार्टीको संगठन निर्माण, सचिवालय, विभाग, आयोग, सल्लाहकार समिति, प्रवास समिति तथा प्रदेश, जिल्ला र स्थानीय तहसम्मका संरचनाहरूलाई व्यवस्थित, दिगो र कार्यमुखी बनाउनेमा विशेष जोड दिएको थियो।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad