नेकपा एमालेले आज समानुपातिक सांसद छनोट गर्ने भएको छ।
यसका लागि आज दिउँसो १ बजे पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास (गुण्डु) केन्द्रीय सचिवालय बैठक बस्ने एमाले सचिव महेश बस्नेतले जानकारी दिए।
बैठकले प्रतिनिधि सभामा पार्टीले प्राप्त गरेको समानुपातिक सिट संख्याका आधारमा सांसदको नाम चयन गर्नाका साथै अध्यक्ष ओलीका पिता मोहनप्रसाद ओली, पार्टीका केन्द्रीय सदस्य खगेन्द्र राई र कृष्ण थापालगायत दिवंगत नेताप्रति श्रद्धाञ्जलि पनि व्यक्त गर्ने उनले बताए।
यही फागुन २१ गते भएको प्रतिनिधि सभा निर्वाचनमा प्राप्त मतका आधारमा एमालेले समानुपातिकतर्फ १६ सिट पाएको छ भने प्रत्यक्षतर्फ ९ स्थानमा विजय हासिल गरेको छ।
निर्वाचन आयोगले तोकिएको सिट संख्याका आधारमा ३ दिनभित्र समानुपातिक सांसदका लागि नाम छनोट गरी पेस गर्न भनी गत बिहीबार दलहरूलाई पत्र पठाएको छ।
Shares

प्रतिक्रिया