गोरखा–१ का नवनिर्वाचित प्रतिनिधि सभा सदस्य सुधन गुरुङले आफ्नो क्षेत्रका विभिन्न भागहरूमा तुरुन्त टावर निर्माण गर्न नेपाल टेलिकमलाई ज्ञापन पत्र बुझाएका छन्।
सांसद गुरुङले बिहीबार टेलिकमको केन्द्रीय कार्यालयमा पुगेर ज्ञापनपत्र बुझाएका हुन्।
गोरखाका कतिपय स्थानमा अझै फोन नेटवर्क नलाग्ने उनको भनाई छ।
नवनिर्वाचित सांसदहरूले शपथ भने खाएका छैनन्।

प्रतिक्रिया