राजनीति


स्वास्थ्य बीमा बोर्डले भन्योः बीमितलाई नगदमा औषधि किन्न बाध्य नपार्नु

स्वास्थ्य बीमा बोर्डले भन्योः बीमितलाई नगदमा औषधि किन्न बाध्य नपार्नु

नेपालखबर
फागुन २७, २०८२ बुधबार २१:४, काठमाडौँ

स्वास्थ्य बीमा बोर्डले बीमितलाई नगदमा औषधि तथा औषधिजन्य सामग्री खरिद गर्न बाध्य नपार्न स्वास्थ्य संस्थाहरूलाई निर्देशन दिएको छ। 

बुधबार सूचना प्रकाशित गरी बोर्डले केही सेवा प्रदायक स्वास्थ्य संस्थाहरूले बीमितहरूसँग बीमा सेवाका विभिन्न प्याकेजभित्र समावेश हुने औषधि तथा औषधिजन्य सामग्रीहरू पनि सोही सेवा प्रदायक संस्था तथा बाह्य औषधि पसलबाट नगदमा खरिद गर्न लगाएको पाइएको जनाएको छ।

यससम्बन्धी विषयहरू स्वास्थ्य बीमा ऐन, २०७४, स्वास्थ्य बीमा नियमावली, २०७५ तथा प्रचलित निर्देशिका र कार्यविधिको विपरीतका गतिविधि हुने बोर्डले जनाएको छ।

‘यस सन्दर्भमा यस्ता प्रकृतिका कार्यहरू नगर्न/नगराउन तथा प्रचलित ऐन नियमावली निर्देशिका र कार्यविधिको पूर्ण पालना गर्न हुन अनुरोध गरिन्छ’ बोर्डले भनेको छ। 

साथै अनुगमनका क्रममा कुनै सेवा प्रदायक स्वास्थ्य संस्थाबाट नियम विपरीत कार्य भएको प्रमाणित भएमा स्वास्थ्य बीमा नियमावली २०७५ को नियम १९ को उपनियम (१) को खण्ड (क) बमोजिम हुने कारबाही गर्ने चेतावनीसमेत दिएको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad