राजनीति


राजसंस्था फर्काउन भन्दै धवल र दुर्गाबीच एकता, प्रसाईं भन्छन्- राजा गद्दीमा बसेको दिन खप्तड जान्छु

राजसंस्था फर्काउन भन्दै धवल र दुर्गाबीच एकता, प्रसाईं भन्छन्- राजा गद्दीमा बसेको दिन खप्तड जान्छु

नेपालखबर
जेठ ३१, २०८३ आइतबार १५:४६, काठमाडौँ

नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंले नेपालमा राजसंस्था पुनर्स्थापना नभई देश र जनताले सुख र शान्ति नपाउने दाबी गरेका छन्।

आइतबार काठमाडौँमा आयोजित प्रस्तावित राष्ट्रवादी पार्टी निर्माणार्थ जिम्मेवारी हस्तान्तरण तथा परिचयात्मक कार्यक्रममा बोल्दै उनले उक्त जिकिर गरेका हुन्। संयोजक प्रसाईले राजसंस्था फर्काउन र गद्दीमा राख्नका लागि धवलशमशेर राणासँग आफूले मिलेर नयाँ पार्टी खोल्ने निर्णय लिएको पनि स्पष्ट पारे।

उनले आफूहरुले हिन्दु अधिराष्ट्र कायम गर्ने संकल्प पनि लिएको बताए। सनातन हिन्दु अधिराज्य र राजसंस्था स्थापना नगरी यो देश र नेपाली जनताले सुख र शान्ति नपाउने संयोजक प्रसाईको भनाई थियो।

उनले भने,‘यहाँ मिल्ने, बिग्रने कुरै छैन। बिग्रिने के का लागि? मिल्ने के का लागि? पहिला उद्देश्य हुनु पर्‍यो नि। उद्देश्य हामी २ जनाको एउटै छ–नेपालको भूगोल, भूगोलको गर्भमा रहेको किराँत, बौद्धसहितको वैदिक सनातन हिन्दु अधिराज्य र राजसंस्था स्थापना नगरी यो देश र नेपाली जनताले सुख र शान्ति पाउँदैनन्। यही होइन हाम्रो उद्देश्य? जुन दिन राजा गद्दीमा बस्नुहुन्छ, राजसंस्था फर्किन्छ र, राजा गद्धीमा बस्छन नि। त्यो दिन दाजु र भाइ पहेंलो लुगा लगाएर जाउँला नि खप्तड। के बिग्रेको छ यहाँ? कस्ता, कस्ता योगी महात्माहरु खप्तड बसेका हुन् नि त।’

संयोजक प्रसाईंले नेता राणा र आफूबीच लक्ष्यसहितको सहकार्य भएकाले बीचमा फाटो आउन अवस्था नरहेको पनि बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad