राजनीति


समानुपातिक अपडेट: रास्वपा पहिलो, कांग्रेस दोस्रो, अरूको अवस्था कस्तो

समानुपातिक अपडेट: रास्वपा पहिलो, कांग्रेस दोस्रो, अरूको अवस्था कस्तो

नेपालखबर
फागुन २६, २०८२ मंगलबार ७:१७, काठमाडौँ

समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कुल एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना भएको छ।

यही फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत आज बिहान ५ः५० सम्मको विवरणअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सबैभन्दा बढी अर्थात् ४९ लाख २९ हजार ८५० मत प्राप्त गरेको छ।

निर्वाचन आयोगका अनुसार निर्वाचनमा नेपाली कांग्रेसले १६ लाख ६७ हजार ७३३, नेकपा (एमाले) ले १३ लाख ८५ हजार ७३०, नेपाली कम्युनिष्ट पार्टीले सात लाख ४८ हजार ८१६, श्रम संस्कृति पार्टीले तीन लाख ४६ हजार ७८६, राष्ट्रिय प्रजातन्त्र पार्टीले तीन लाख २२ हजार २२ मत प्राप्त गरेको छ।

मतगणना जारी छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad