राजनीति


प्रचण्ड ३ गुणा बढी मतान्तरले विजयी भएको रुकुमपूर्वमा नेकपालाई समानुपातिकतर्फ पनि अत्यधिक मत

प्रचण्ड ३ गुणा बढी मतान्तरले विजयी भएको रुकुमपूर्वमा नेकपालाई समानुपातिकतर्फ पनि अत्यधिक मत

नेपालखबर
फागुन २६, २०८२ मंगलबार १०:४५, काठमाडौँ

पुष्पकमल दाहाल (प्रचण्ड)ले अत्यधिक बहुमतसहित प्रतिनिधिसभा सदस्य निर्वाचन जितेको रुकुमपूर्वबाट नेकपाले समानुपातिकतर्फ पनि अत्यधिक मत पाएको छ। 

निर्वाचन आयोगका अनुसार रुकुमपूर्वबाट नेकपाले नौ हजार ४४३ मत प्राप्त गर्दा दोस्रो स्थानमा रहेको एमालेले ३ हजार ३२९ मत पाएको छ। 

यो क्षेत्रबाट कांग्रेसले २ हजार ८७० मत प्राप्त गर्दा रास्वपाले समानुपातिकतर्फ जम्मा १ हजार ९७० मत मात्रै ल्याएको छ। 

रुकुमपूर्वबाट नेकपाका संयोजक प्रचण्ड आफ्ना प्रतिस्पर्धी भन्दा तीनगुणा बढी मत ल्याएर विजयी भएका थिए।

प्रचण्डले १० हजार २४० मत पाउँदा एमालेका लीलामणि गौतमले ३ हजार ४६२ मत पाएका थिए।  

त्यसैगरि रुकुम पूर्वबाट कांग्रेसका कुसुमदेवी थापाले ३ हजार ८१ मत पाएकी छन् भने  रास्वपाका लखन कुमार थापाले ८१९ मत पाएका छन्। 

रुकुमपूर्वबाट जम्मा १९ हजार १ सय ८८ मत खसेको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad