राजनीति


सिन्धुली-२ मा अग्रता बढाउँदै नेकपाका लेखनाथ दाहाल

सिन्धुली-२ मा अग्रता बढाउँदै नेकपाका लेखनाथ दाहाल

नेपालखबर
फागुन २३, २०८२ शनिबार ५:४, काठमाडौँ

प्रतिनिधि सभाको निर्वाचनमा सिन्धुली-२ मा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का लेखनाथ दाहाल (राजन)ले अग्रता बढाउँदै लगेका छन्। 

निर्वाचन अधिकृतको कार्यालयका अनुसार, शनिबार बिहान ५ बजेसम्म नेकपाका दाहालले ४ हजार ७८५ मतले अग्रता बढाएका हुन्। उनले ११ हजार ५७२ मत पाएका छन्। 

उनका प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का आशिष गजुरेलले ६ हजार ७८७ मत पाएका छन्। त्यस्तै, नेकपा (एमाले)का मनोजजंग थापाले ६ हजार ४८१ र नेपाली कांग्रेसकी सुशीला थिङले ४ हजार ५४२ मत पाएकी छन्। 

अहिलेसम्म मरिण, सुनकोसी, घ्याङलेख गाउँपालिका र हरिहरपुरगढी गाउँपालिकाका ७ वडाको मतगणना सकिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad