राजनीति


मैले जितेँ भने विजय जुलुस निकाल्न गाउँबाट बेनी बजार नझर्नुहोला : महावीर पुन

मैले जितेँ भने विजय जुलुस निकाल्न गाउँबाट बेनी बजार नझर्नुहोला : महावीर पुन

नेपालखबर
फागुन २३, २०८२ शनिबार १:४६, काठमाडौँ

म्याग्दीका स्वतन्त्र उम्मेदवार महावीर पुनले जित्ने सम्भावना रहेको बताउँदै विजय जुलुस ननिकाल्न आग्रह गरेका छन्। 

शुक्रबार राति सामाजिक सञ्जालबाट उनले यस्तो आग्रह गरेका हुन्। 

‘मत गणना हुँदै छ, मैले जित्ने सम्भावना छ’, उनले लेखेका छन्, ‘यदि मैले जितेँ भने विजय जुलुस निकाल्न भनेर गाउँ गाउँबाट कोही पनि बेनी बजारमा नझर्नुहोला।’ 

उनले भ्रष्टाचार र कुशासनलाई हटाएर देशलाई आर्थिक रुपमा समृद्ध नबनाएसम्म विजय जुलुस निकाल्नुको कुनै अर्थ नरहेको उल्लेख गरेका छन्। 

‘अरुहरुलाई पनि मेरो सुझाव यही हो’, उनले उल्लेख गरेका छन्। 

उनलाई रास्वपाले निर्वाचनमा सहयोग गरेको थियो। उनी जेनजी सरकारका शिक्षामन्त्री समेत थिए। मन्त्रीबाट राजीनामा दिएर चुनावमा होमिएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad