नेपाली कांग्रेसले प्रतिनिधिसभा निर्वाचनको जारी मतगणनामा ११ ठाउँमा अग्रता लिएको छ।
१६५ निर्वाचन क्षेत्रमध्ये १५८ स्थानमा भइरहेको मतगणनामा कांग्रेसको ११ स्थानमा अगाडि देखिएको हो।
कांग्रेसले कोशी प्रदेशको ताप्लेजुङ र तेह्रथुममा अग्रता बनाउँदा मधेसमा रौतहट २ मा पनि अगाडि छ।
यस्तै बागमतीका सिन्धुपाल्चोक– २ र धादिङ– २ मा अग्रता बनाएको कांग्रेसले लुम्बिनीको कपिलवस्तु ३ र प्युठानमा अग्रता लिएको छ।
यता कर्णाली प्रदेशको सुर्खेत १, दैलेख १ र सुदूरपश्चिम प्रदेशको बाजुरा, बैतडी र दार्चुलामा कांग्रेसको अग्रता छ।
948
Shares

प्रतिक्रिया