राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की रञ्जु न्यौपाने ‘दर्शना’ निर्वाचित काठमाडौँ १ मा नेकपा एमाले र नेकपासहित २६ उम्मेदवारको जमानत जफत भएको छ।
दर्शनाले १५ हजार ४सय ५५ मत ल्याएर विजयी हुँदा निकटतम प्रतिस्पर्धी कांग्रेसका प्रबल थापाले ६ हजार ३ सय ६४ मत पाए।
राप्रपाका रवीन्द्र मिश्रले ३ हजार ९ सय ७२ मत प्राप्त गरेका छन्। ४८ हजार ४ सय ८९ मतदाता रहेको काठमाडौं १ मा करिब २८ हजार मत खसेको थियो।
खसेको मतको १० प्रतिशत पुर्याउन उम्मेदवारले २ हजार ८ सय मत ल्याउनुपर्ने थियो।
एमाले उम्मेदवार मोहनराज रेग्मी १ हजार ६ सय १८, उज्यालो नेपाल पार्टीका मोहनराज रेग्मीले ४ सय ६६, श्रम संस्कृति पार्टीका समिर तामाङ लामाले ४२६, नेपाली कम्युनिस्ट पार्टीकी मेनुका भण्डारीले ३४५ मत मात्र पाए।
बाँकी २१ जना उम्मेदवाले सय मत पनि कटाउन सकेनन् भने नेपाल जनसेवा पार्टीका उम्मेदवार अर्जुन बहादुर शाहीले शून्य मत पाए।
खसेको सदर मतको १० प्रतिशत प्राप्त नगरेमा जमानत जफत हुने कानुनी व्यवस्था छ। काठमाडौँ १ का २६ जना उम्मेदवारको १० हजार फिर्ता हुने छैन।
Shares

प्रतिक्रिया