सर्लाहीको क्षेत्र नम्बर १ र २ दुवै क्षेत्रमा रास्वपाका उम्मेदवारले फराकिलो अग्रता बनाएका छन्।
सर्लाही ३ र ४ मा पनि रास्वपाकै उम्मेदवार मतगणनामा अघि छन्।
पछिल्लो मत परिणामअनुसार सर्लाही १ मा रास्वपाकी निमिता भण्डारीले १६ सय ६९ मत ल्याउँदा एमालेका मनोज देवकोटाले जम्मा ३८५ मत पाएका छन्।
त्यसैगरि कांग्रेसका शम्भुलाल श्रेष्ठले २४० र जसपाका रामप्रकाश चौधरीले १५३ मत पाएका छन्।
नेकपाका प्रमोद साहले ११७ मत मात्रै ल्याएका छन्।
त्यसैगरि सर्लाही २ मा पनि रास्वपाका रविन महतोले फराकिलो अग्रता बनाएका छन्।
उनले २ हजार ७५ मत ल्याउँदा नेकपाका महिन्द्र राय यादवले ८३१ मत मात्रै ल्याएका छन्। यो क्षेत्रमा यसअघ महिन्द्र विजयी भएका थिए।
त्यसैगरि राजेन्द्र महतोले ३४५, कांग्रेसका डा.सरोजकुमारले १९५ र एमालेका नागेश्वर साहले ५८ मत पाएका छन्।
Shares

प्रतिक्रिया