राजनीति


सर्लाही ३: रास्वपाका कलवारसँग २३६४ मतान्तरले पछि परे नेकपाका नारायणकाजी

सर्लाही ३: रास्वपाका कलवारसँग २३६४ मतान्तरले पछि परे नेकपाका नारायणकाजी

नेपालखबर
फागुन २२, २०८२ शुक्रबार १५:३३, काठमाडौँ

सर्लाही ३ मा रास्वपाका उम्मेदवारले मतान्तर झन् फराकिलो बनाउँदै लगेका छन्। 

नेकपाका उम्मेदवार नारायणकाजी श्रेष्ठलाई रास्वपाका नरेन्द्र साह कलवारले २३ सय ६४ मतले पछि पारेका हुन्।  

पछिल्लो मत परिणामअनुसार यहाँ कलवारले २८ सय ४ मत पाउँदा श्रेष्ठले ४४० मत मात्रै पाएका छन्। 

सर्लाही ३ अघिल्लो निर्वाचनमा एमालेका हरि उप्रेती विजयी भएको क्षेत्र हो। उनले अहिलेसम्म जम्मा १९८ मत पाएका छन्। यहाँ कांग्रेसले ३०८ मत पाउँदा अन्य सबै उम्मेदवारले जम्मा १४५ मत ल्याएका छन्। 

हरिवनस्थित नापी कार्यालयको सभा हलमा अहिले मतगणना जारी छ। सर्लाही ३ मा एक लाख ३४ हजार ४१२ मतदातामध्ये ८२ हजार २७२ मत खसेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

अहिलेसम्म ४१७७ मत गणना सकिएको छ।

सर्लाही ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका नरेन्द्र साह, नेकपाका नारायणकाजी श्रेष्ठ, नेकपा एमालेका हरि उप्रेती, नेपाली कांग्रेसका विनोद खनाललगायतका उम्मेदवार प्रतिस्पर्धामा छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad