चितवन–१ निर्वाचन क्षेत्रमा हालसम्म २,८३० मत गणना हुँदा नेकपा एमालेका उम्मेदवार दावा दोर्जे लामा अग्रस्थानमा छन्।
उनले ९६३ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका उम्मेदवार राजेन्द्र बुर्लाकोटी ७३९ मत पाएर लामालाई पछ्याएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकालले ४८३ मत प्राप्त गरेका छन् भने नेकपाका कृष्ण पन्त ३१० मतमा छन्।
राप्रपाका बलराम खनालले १६ मत प्राप्त गरेका छन्।
मतगणना जारी छ।
1.1k
Shares

प्रतिक्रिया