रुपन्देही क्षेत्र नम्बर २ मा नेकपा एमालेका उपाध्यक्ष तथा 'हेभीवेट' नेता विष्णु पौडेलको विरासत संकटमा परेको छ। जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सुलभ खरेलले अप्रत्याशित र फराकिलो मतान्तरसहित आफ्नो अग्रतालाई आक्रामक बनाएका छन्।
पछिल्लो तथ्यांक अनुसार रास्वपाका खरेलले १० हजार ५ सय १९ मत प्राप्त गरेका छन्। उनलाई पछ्याइरहेका एमालेका प्रभावशाली नेता विष्णु पौडेलले मात्र २ हजार १ सय ९३ मत प्राप्त गरेका छन्। खरेल र पौडेल बीचको मतान्तर ८,३२६ पुगिसकेको छ।
चुनावी प्रतिस्पर्धाको पछिल्लो अवस्था:
सुलभ खरेल (रास्वपा): १०,५१९ मत (अग्रता)
विष्णु पौडेल (एमाले): २,१९३ मत
चुन्न प्रसाद शर्मा पौडेल (कांग्रेस): १,२०४ मत
विश्वदीप पाण्डे (नेकापा): ३५२ मत
कुल १५,४१३ मत गणना हुँदा ४२७ मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। यस क्षेत्रमा कुल ८६,७१५ मत खसेको थियो।
Shares

प्रतिक्रिया