राजनीति


जुम्लामा राप्रपाका ज्ञानेन्द्र शाहीको अग्रता कायमै, पछ्याउँदै नेकपाका भण्डारी

जुम्लामा राप्रपाका ज्ञानेन्द्र शाहीको अग्रता कायमै, पछ्याउँदै नेकपाका भण्डारी

नेपालखबर
फागुन २२, २०८२ शुक्रबार १०:५६, काठमाडौँ

जुम्लामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का ज्ञानेन्द्र शाहीको अग्रता कायमै छ।

हालसम्म १ हजार मत गणना हुँदा ज्ञानेन्द्र शाही ५३० मतका साथ अग्र स्थानमा रहेका छन्।  

नेपाल कम्युनिष्ट पार्टीका नरेश भण्डारीले ४२९ मत प्राप्त गरेर शाहीलाई पछ्याइरहेका छन्।

यसैगरी नेपाली कांग्रेसका दीपबहादुर शाहीले १५१ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका शान्तिलाल महतले ७४ मत पाएका छन्।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीकी बिनिता कठायतले २ मत प्राप्त गर्दा नेपाल मजदुर किसान पार्टीका बिर्षबहादुर रावतले पनि २ मत पाएका छन्।

हालसम्म १ हजार मत गणना भएको र मतगणना कार्य जारी रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad