राजनीति


रुपन्देही ४: कांग्रेसले टिकट नदिएपछि एमाले बनेका प्रमोद यादव अगाडि, रास्वपाका उम्मेदवार तेस्रो

रुपन्देही ४: कांग्रेसले टिकट नदिएपछि एमाले बनेका प्रमोद यादव अगाडि, रास्वपाका उम्मेदवार तेस्रो

नेपालखबर
फागुन २२, २०८२ शुक्रबार ९:४१, काठमाडौँ

रुपन्देही निर्वाचन क्षेत्र नम्बर ४ मा एमालेका प्रमोद कुमार यादवले अग्रता कायम राखेका छन्।

मधेसी समुदायको बस्ती रहेको यस क्षेत्रमा हालसम्मको मतपरिणामअनुसार यादवले तीन हजार नौसय ११ मत पाएका छन्। 

उनी नेपाली कांग्रेसबाट टिकट नपाएपछि नेकपा एमाले प्रवेश गरेर उम्मेदवार बनेका थिए।

उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका आशुतोष मिश्रले ३१ सय १७ मत पाएका छन्। 

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका कन्हैया बनियाँले २७ सय ९६ मत प्राप्त गरेका छन्।

रुपन्देही क्षेत्र नम्बर ४ मा यसपटक ७६ हजार ८१२ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad