राजनीति


काठमाडौँ १ मा रञ्जु जित नजिक, रविन्द्र तेस्रो

काठमाडौँ १ मा रञ्जु जित नजिक, रविन्द्र तेस्रो

नेपालखबर
फागुन २२, २०८२ शुक्रबार ८:५४, काठमाडौँ

प्रतिनिधि सभा सदस्यको लागि भइरहेको मतगणनामा काठमाडौँ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रञ्जु दर्शनाले दोब्बर मतान्तरले अग्रता लिएकी छन्।

आयोगले दिएको पछिल्लो मतगणना अनुसार दर्शनाले ९ हजार ७८ मत ल्याएर अग्रता बनाएकी छन्। कांग्रेसका प्रवल थापा क्षेत्रीले ४ हजार ८७ मतले पछ्याइरहेका छन्।

राप्रपाका रविन्द्र मिश्रले २ हजार ३५५ मत पाएर तेस्रो स्थानमा छन्। 

सो क्षेत्रमा अघिल्लो पटक कांग्रेसका प्रकाशमान सिंह ७ हजार १४३ मत ल्याइ विजयी हुँदा मिश्रले ७ हजार १८ मत पाएका थिए। त्यसबेला १२५ मतान्तरले पराजित भएका मिश्र यसपटक तेस्रोमा छन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad