राजनीति


उपत्यकाका तीन जिल्लाका १५ क्षेत्र: कहाँ कसको अग्रता?

उपत्यकाका तीन जिल्लाका १५ क्षेत्र: कहाँ कसको अग्रता?

नेपालखबर
फागुन २२, २०८२ शुक्रबार ८:३७, काठमाडौँ

प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी छ। निर्वाचन आयोगले काठमाडौँसहित उपत्यकाका तीन जिल्लाको पछिल्लो मतगणना सार्वजनिक गरेको छ।

जसमा १४ स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टी र एक स्थानमा नेपाली कांग्रेसका उम्मेदवारले अग्रता लिएका छन्। 

अहिलेसम्म काठमाडौँ क्षेत्र नम्बर १ मा रञ्जु दर्शनाले अग्रता लिएकी छन्।

काठमाडौँ क्षेत्र नम्बर २ मा रास्वपाकै सुनिक केसीको अग्रता छ। यस्तै, काठमाडौँ ३ मा रास्वपाका राजुनाथ पाण्डे, ४ मा पुकार बम, ५ मा सस्मित पोखरेल, ६ मा शिशिर खनाल, ७ मा गणेश पराजुली, ८ मा विराज भक्त श्रेष्ठ, ९ मा डोलप्रसाद अर्याल र १० मा प्रदीप विष्टको अग्रता छ। 

यसैगरी भक्तपुरका दुबै क्षेत्रमा पनि रास्वपा उम्मेदवारको अग्रता छ। भक्तपुरमा १ मा रास्वपाका रुकेश रञ्जितको अग्रता छ। यस्तै, भक्तपुर २ मा राजिव खत्रीको अग्रता छ। 

ललितपुरको २ र ३ मा रास्वपाकै उम्मेदवारको अग्रता छ।  ललितपुर २ मा जगदीश खरेल र ३ मा तोषिमा कार्कीको अग्रता छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad