मोरङ ४ मा रास्वपा उम्मेदवारले अग्रता बढाउँदै लगेका छन्।
कटहरीको १ र २ नम्बर वडाको गणना सकिँदा रास्वपाका उम्मेदवार सन्तोष राजवंशी ३ हजार १६५ मतले अगाडि छन्।
राजवंशीले ३ हजार ८५८ मत प्राप्त गर्दा कांग्रेसका गुरु घिमिरेले ६९३ ल्याएका छन्।
त्यसैगरि नेकपाका अमनलाल मोदीले ६७१ मत पाएका छन् भने एमालेका जिवन घिमिरेले ४११ मत पाएका छन्। मत गणना जारी छ।
456
Shares

प्रतिक्रिया