काठमाडौँ-५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सस्मित पोखरेल निकटतम प्रतिस्पर्धीभन्दा तेब्बर मतले अगाडि छन्।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार, बिहीबार बिहान सवा ५ बजेसम्म भएको मतगणनामा रास्वपाका पोखरेलले ३ हजार ७ सय मत पाएका छन्।
उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रदीप पौडेलले १ हजार ७८ मत पाएका छन्। नेकपा (एमाले)का ईश्वर पोखरेलले ६९९ मत पाएका छन्।
यो क्षेत्रमा पोखरेलले सुरुवातदेखि नै अग्रता लिएका छन्। उनले मतान्तर बढाउँदै लगेका छन्।
1.2k
Shares

प्रतिक्रिया