ग्लोबल


भारतीय वायुसेनाको विमान उड्दाउड्दै बेपत्ता

भारतीय वायुसेनाको विमान उड्दाउड्दै बेपत्ता

फाइल तस्बिर: भारतीय वायुसेनाको विमान


नेपालखबर
फागुन २२, २०८२ शुक्रबार ५:२७, काठमाडौँ

भारतीय वायुसेनाको सुखोई विमान बेपत्ता भएको छ।

भारतीय वायुसेनाले बेपत्ता विमान खोजिरहेको छ।

भारतीय वायुसेनाले एक्समा गरेको पोस्टअनुसार भारतीय वायुसेना एसयू-३० एमकेआई आफ्नो गन्तव्यबाट हराएको हो।

पोस्टमा लेखिएको छ, 'विमान आसामको जोरहाटबाट उडेको थियो र अन्तिम पटक बिहीबार साँझ ७:४२ बजे सम्पर्क गरिएको थियो। थप विवरण पत्ता लगाइँदैछ। खोज तथा उद्धार अभियान सुरु गरिएको छ।'

कार्बी आङ्लोङ जिल्लामा बेपत्ता विमान दुर्घटना भएको र त्यहाँका मानिसहरूले विस्फोटको आवाज सुनेको दाबी गरिएको छ। यद्यपि यो कुराको आधिकारिक पुष्टि भएको छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad