कास्की निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा (एमाले)लाई पछि पार्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अग्रता लिएको छ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार, रास्वपाका उत्तमप्रसाद पौडेलले १ हजार ११७ मत पाएका छन्।
उनका प्रतिस्पर्धी एमालेका रश्मि आचार्यले ७३३ मत पाएका थिए। सुरुवातमा आचार्यले अग्रता लिएका थिए।
त्यस्तै, नेपाली कांग्रेसका माधवप्रसाद वास्तोलाले ३२२ मत पाएका छन्। नेकपाका हेमबहादुर थापाको ९४ मत छ भने राप्रपाका हेमजंग गुरुङको ३६ मत रहेको छ।
अहिलेसम्म कास्की–२ मा २ हजार ४५७ मत गणना भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। जसमध्ये ११४ मत बदर भएका छन्।
1.6k
Shares

प्रतिक्रिया