राजनीति


चितवन-२ र झापा-५ मा एमाले र कांग्रेसबीच तालमेल भएको अस्मिन घिमिरेको दाबी

चितवन-२ र झापा-५ मा एमाले र कांग्रेसबीच तालमेल भएको अस्मिन घिमिरेको दाबी

चितवन-२ का एमाले उम्मेदवार अस्मिन घिमिरे।


सुनिता विष्ट
फागुन २१, २०८२ बिहिबार २२:१५, हेटौंडा

प्रतिनिधि सभा सदस्यका लागि चितवन-२ बाट नेकपा (एमाले)का उम्मेदवार अस्मिन घिमिरेले चितवन-२ र झापा-५ मा नेपाली कांग्रेस र एमालेबीच तालमेल भएको दाबी गरेका छन्। 

प्रतिनिधि सभा निर्वाचनको समय सकिए लगत्तै घिमिरेले सञ्चारकर्मीसँग कुराकानी गर्दै यी दुई क्षेत्रमा मत साँटफेर भएको खुलाएका हुन्।

चितवन-२ मा एमालेले कांग्रेसकी उम्मेदवार मीना खरेललाई मत दिएको र झापा-५ मा कांग्रेसले एमालेका उम्मेदवार केपी शर्मा ओलीलाई मत दिएको घिमिरेको भनाइ छ। 

‘जीवनमा मलाई हुर्काउन, बढाउन, पढाउन मेरा बुवाआमाले जति दुःख गर्नुभयो। त्यस्तै गरी मलाई राजनीतिमा लागेर यत्तिको बनाउनुमा मेरो दल नेकपा एमालेको छ,’ घिमिरेले भने, ‘त्यसैले पार्टीले उम्मेदवार बनायो, म बनेँ। पार्टी अध्यक्षज्यूलाई सघाउन भनियो, सघाएँ।’

पार्टीको ‘चेन अफ कमान्ड’का कारण यो कुरा निर्वाचनअघि गोप्य राखिएको उनले दाबी गरेका छन्। आफू उम्मेदवार बनिरहँदा सबै मतदाता माझ पुगेर रुखमा मत मागेको उनले बताए। 

झापा-५ मा एमाले अध्यक्ष ओली र चितवन-२ मा खरेललाई जिताउन तालमेल गरिएको घिमिरेको दाबी छ। झापा-५ मा रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) र चितवन-२ मा रास्वपा सभापति रवि लामिछानेलाई हराउन एमाले र कांग्रेसबीच तालमेल भएको उनको भनाइ छ। 

चितवन-२ मा रास्वपा सभापति लामिछाने, कांग्रेस नेत्री खरेल, एमालेका घिमिरे, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का प्रताप गुरुङ लगायत प्रतिस्पर्धामा छन्। 

त्यस्तै, झापा-५ मा एमाले अध्यक्ष ओली, रास्वपा वरिष्ठ नेता शाह, कांग्रेसकी मन्धरा चिमरिया, नेकपाका रञ्जित तामाङलगायत प्रतिस्पर्धामा छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad