राष्ट्रिय स्वतन्त्र पार्टीले शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न भएकोमा सम्बद्ध सबैलाई धन्यवाद दिएको छ।
सभापति रवि लामिछानेले बिहीबार विज्ञप्ति प्रकाशित गरी चौतर्फी चुनौतीका बाबजुद आजको ऐतिहासिक प्रतिनिधि सभा सदस्यको आमनिर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्न अहम् भूमिका निर्वाह गर्ने सम्पूर्ण सरोकारवाला पक्षहरूलाई धन्यवाद ज्ञापन दिएका हुन्।
अब आउने निर्वाचन परिणामले जेनजी पुस्ताको लोकतन्त्र, पारदर्शिता, उत्तरदायित्व र सुशासन राखेको अपेक्षा र आकांक्षालाई सम्बोधन गर्ने रास्वपाले आशा तथा विश्वास गरेको छ।

प्रतिक्रिया