राजनीति


रौतहट–२ मा धाँधली भएको भन्दै नेकपा उम्मेदवारले त्यागे पार्टी

रौतहट–२ मा धाँधली भएको भन्दै नेकपा उम्मेदवारले त्यागे पार्टी

नेपालखबर
फागुन २१, २०८२ बिहिबार १८:६, काठमाडौँ

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बाट रौतहट २ का उम्मेदवार किरण साहले पार्टी परित्यागको घोषणा गरेका छन्। रौतहट २ का आधा दर्जन मतदान केन्द्रमा बुथ कब्जा हुँदा पनि सुरक्षा नपाएको भन्दै नेकपा परित्याग गरेको उम्मेदवार साहले बताए।

‘बौदामाई नगरपालिकाको वडा नम्बर १,२ ३ मा अल्पसंख्यक बुथ कब्जा गरिएको छ। म मेरो प्रतिनिधिलाई फर्किन आग्रह गर्छु। राजपुर नगरपालिका वडा नम्बर ३ लगायतका ठाउँमा बुथ कब्जा गरिएको छ। मैले चुनाव जित्ने अवस्था भएर पनि प्रहरी प्रशासनको मौन धाँधली भयो। नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधवकुमार नेपालले शान्ति सुरक्षा दिन सक्नु भएन। नेकपा परित्याग गरेको घोषणा गर्दै छु,’ उनले भने, ‘त्यसैले अब मै नेकपा परित्याग गरेको छु।’

कांग्रेसका कार्यकर्ताको उदण्डतामा प्रशासनले साथ दिँदा प्रचण्ड र माधव नेपालसँग कुरा गर्दा पनि आफूले सुरक्षा नभएको उनको गुनासो छ।

बुथ कब्जा भएका मतदान केन्द्रको मतदान स्थगित गरेर पुनः मतदानको व्यवस्था नमिलाएर मतगणना लगायतका कार्यमा सहभागी नहुने उनको भनाइ छ। मतदान केन्द्रमा कांग्रेसका नेता कार्यकर्ताले आफू र आफ्नो बुथ प्रतिनिधिमाथि दुव्यवहार भएको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad