राजनीति


झापा ५ मा ४ बजेसम्म ६१ प्रतिशतभन्दा बढी मत खस्यो

झापा ५ मा ४ बजेसम्म ६१ प्रतिशतभन्दा बढी मत खस्यो

नेपालखबर
फागुन २१, २०८२ बिहिबार १७:१०, काठमाडौँ

निर्वाचनको ‘इपिसेन्टर’ झापा जिल्लाको क्षेत्र नं ५ मा ६१.१० प्रतिशत मत खसेको छ। 

यो बिहीबार अपरान्ह ४ बजेसम्मको तथ्यांक हो। 

मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार यहाँ ९९ हजार ८१९ जनाले मतदान गरेका छन्। जसमध्ये ५३ हजार ६५६ महिला र ४६ हजार १६३ पुरुषले मतदान गरेका छन्।

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बालेन्द्र शाहबीचको प्रतिस्पर्धाका कारण झापा–५ चर्चामा छन्। 

५ वटा निर्वाचन क्षेत्र रहेको झापा जिल्लामा अपरान्ह ४ बजेसम्म ५९.६७ प्रतिशत मत खसेको छ।

हेरौँ कुन क्षेत्रमा कति मत खस्यो?

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad