राजनीति


सुनसरी, काठमाडौँदेखि सुर्खेतसम्म: हेर्नुहोस् मतदानका ११ दृश्य

सुनसरी, काठमाडौँदेखि सुर्खेतसम्म: हेर्नुहोस् मतदानका ११ दृश्य

दाङको घोराही उपमहानगरपालिका-१५ स्थित पद्मोदय नमुना मावि मतदान केन्द्रमा लामबद्ध मतदाता


नेपालखबर
फागुन २१, २०८२ बिहिबार ८:१३, काठमाडौँ

देशभरका मतदान केन्द्रमा मतदान सुरु भएको छ। निर्वाचन आयोगले तोकेको बिहान ७ बजेदेखि नै मतदानका सुरु भएको हो। 

काठमाडौँ उपत्यकाका ५२७ वटा स्थायी र ९ वटा अस्थायी मतदानस्थलमा पनि मतदान भइरहेको छ। 

प्रहरी प्रधान कार्यालयका अनुसार देशका २३ वटा मतदान केन्द्रबाहेकका मतदान केन्द्रमा  अहिले मतदान चलिरहेको छ।

केही हिमाली क्षेत्रका मतदान केन्द्र र केही स्थानमा प्राविधिक कारणले मतदान सुरु हुन नसकेको र अन्य ठाउँमा शान्तिपूर्ण रुपमा मतदान भइरहेको प्रहरीले जानकारी दिएको छ। 

केही शीर्ष नेताले बिहानै मतदान गरिसकेका छन्। नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्मा, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन्द्र शाहसहितले मतदान गरिसकेका छन्। 

काठमाडौँ महानगरपालिका-९ तीनकुने गैरीगाउँस्थित अन्नपूर्ण  विनायक स्कुल केन्द्रमा मतदान गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह।
लमजुङको सुन्दरबजार नगरपालिका-२ स्थित महेन्द्र मावि परेवाडाँडा मतदान केन्द्रमा मतदान गर्दै निर्वाचन आयुक्त डा जानकीकुमारी तुलाधर।
काठमाडौँ बुढानीलकण्ठ नगरपालिका-२ चपली मतदान केन्द्रमा मतदान गरेर फर्किंदै १०५ वर्षीय चन्द्रबहादुर खड्का।
टोखा नगरपालिका-४ फैमाचुली धपासी निमावीश मतदान केन्द्रमा मतदान गर्दै निर्वाचन आयुक्त सगुन शम्शेर जबरा।
प्रतिनिधिसभा निर्वाचनको मतदान सुरु हुनुअघि कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर वडा नम्बर ४ स्थित स्वास्थ्यचौकी भवन कालागाउँमा मतपेटिकाको जाँच गरिँदै।
दाङको घोराही उपमहानगरपालिका-१४ स्थित बालमन्दिर मतदान केन्द्रमा लामबद्ध मतदाता
दाङको घोराही उपमहानगरपालिका-१४ स्थित बालमन्दिर मतदान केन्द्र।
सुनसरीको इनरुवा नगरपालिका-१ स्थित सुनसरी-मोरङ सिँचाइ आयोजना मतदान केन्द्र।
काठमाडौँको चुच्चेपाटीस्थित उपत्यका खानेपानी लिमिटेडको महाकाल मतदान केन्द्रमा मतदान  गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने।
दाङको तुलसीपुर उपमहानगरपालिका-१९ स्थित जनता विद्यापीठ मतदान केन्द्रमा मतदान गर्दै एमाले महासचिव शंकर पोखरेल।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad