राजनीति


गृहमन्त्री अर्यालद्वारा प्रहरी मुख्यालयको निर्वाचन व्यवस्थापन सूचना प्रणालीको निरीक्षण

गृहमन्त्री अर्यालद्वारा प्रहरी मुख्यालयको निर्वाचन व्यवस्थापन सूचना प्रणालीको निरीक्षण

नेपालखबर
फागुन २०, २०८२ बुधबार १७:२६, काठमाडौँ

गृहमन्त्री ओमप्रकाश अर्यालले प्रहरी प्रधान कार्यालयमा रहेको निर्वाचन व्यवस्थापन सूचना प्रणाली (इलेक्सन म्यानेजमेन्ट इनफरमेसन सिस्टम) को बुधबार निरीक्षण गरेका छन्।

गृहमन्त्री अर्याल, गृह सचिव राजकुमार श्रेष्ठ, मन्त्रालयका उच्चअधिकारीसहितको टोलीले निर्वाचन सम्बन्धी सूचना प्रणालीको निरीक्षण गरेको हो।

सो प्रणालीमार्फत जनशक्ति पालिकास्तरसम्म कसरी परिचालन भएको छ, निर्वाचनमा खटिएका सबैको जानकारी प्राप्त गर्न सकिनेछ।

यसले घटना र निर्वाचन विरोधी गतिविधिलाई नियमन गर्न सहज हुने जनाइएको छ। प्रहरी जनशक्ति, निर्वाचन प्रहरी जनशक्ति, मतदान स्थल र मतपेटिकाको अवस्था, मतगणना उम्मेदवारी विवरण र मतदाताको विवरण लिन सकिन्छ।

मतदान स्थल र मतपेटिकाको अवस्थाको स्थलगत र संख्यात्मक अवस्थाबारे जानकारी लिइनेछ। निर्वाचनको हरेक गतिविधिको मनिटरिङ गर्नका लागि इलेक्सन म्यानेज्मेन्ट सिस्टम सफ्टवेरको विकास गरिएको हो। 

प्रहरी महानिरीषक दानबहादुर कार्कीको अध्यक्षता तथा गृहमन्त्रीको प्रमुख आतिथ्यतामा सुरक्षा निकायका सबै प्रमुखहरु, गृहमन्त्रालयका कर्मचारी र सुरक्षाकर्मीको उपस्थितिमा प्रहरी महानिरीषक कार्कीले सूचना प्रणालीबारे जानकारी दिएका थिए।

उनका अनुसार मतदान स्थलमा मतपेटिका पुगेनपुगे, मतदान प्रत्रृया सुरु भएनभएको तथा मतदान रोकिएकोलगायत मत गणनाको अवस्था देखि बिजयी उम्मेदवार सम्मको विवरण प्राप्त हुनेछ। अनुगमनमा केन्द्रीय सुरक्षा समितिका सबैलगायत मन्त्रालय र सुरक्षाकर्मीको उपस्थिति रहेको थियो।

उक्त केन्द्रमा ४१ वटा रियल टाइम भिडिओ क्यामेरा जडान गरिएको छ। जसबाट ४१ वटा मतदान केन्द्रमा प्रत्यक्ष अनुगमत गरिन्छ।
सो अवसरमा गृहमन्त्री अर्यालले प्रविधि र यसको व्यवस्थापनमा ठूलो फड्को मारेको आभास भएको बताए।

यो प्रणालीले निर्वाचनलाई महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरे। गृहमन्त्री अर्यालले प्रविधिमा सबै अपडेट हुन आग्रह गर्दै आगामी दिनमा सूचना प्रविधिमैत्री हुनुपर्नेमा जोड दिए।

उक्त सूचना प्रणाली मार्फत निर्वाचन सम्बन्धी नियमित गतिविधि, जनशक्ति परिचालनको जानकारी लिन सकिन्छ। निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित बनाउने सन्दर्भमा उपयोगी यो प्रणालीका माध्यमबाट देशका ७७ वटै जिल्लाका निर्वाचन गतिविधिको सहज रुपमा मनिटरिङ गर्न सकिन्छ। 

मतदान, निर्वाचन गतिविधि, सूचना संकलन व्यवस्थापन/अनुगमन र अनलाइन माध्यमबाट सूचना संकलन गरिनेछ।

मतदानकेन्द प्रदेश कमाण्ड पोष्ट र जिल्ला सुरक्षा समितिबाट निर्वाचनका हरेक गतिविधिको मनिटरिङ गर्न सूचणा प्रणालीको विकास गरिएको हो। मोबाइल टिम, सिसिक्यामेराबाट लाईभ मनिटरिङ गर्न सकिन्छ।

मतगणना केन्द्रको विवरण कल सेन्टर र अनलाइनको माध्यमबाट सूचना संकलन गरिन्छ। सीमा सुरक्षाको अवस्थाबारे पनि जानकारी लिन उपयोगी हुनेछ। साथै गृहमन्त्री अर्यालले सात वटा प्रदेशका लागि कार्यरत सुरक्षाकर्मीको डेस्कको पनि जानकारी लिएका थिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad