यूएईको हवाइ सेवा प्रदायक फ्लाई दुबईले आज राति दुबई–काठमाडौं उडान गर्ने भएको छ।
त्रिभुवन विमानस्थल कार्यालयलाई कम्पनीले यसबारे अग्रिम जानकारी गराएको छ।
दुबईबाट स्थानीय समयअनुसार ५ः४५ बजे उड्ने विमान काठमाडौंमा यहाँको समयअनुसार राति ११ः३० मा आइपुग्नेछ।
काठमाडौं विमानस्थलका सर्भिस मेनेजर नरनारायण पकवानका अनुसार कम्पनीले प्रत्यक्ष उडान गर्नलागेको हो।
इरानमाथि आक्रमण सुरु भएपछि यो रुटमा उडान अवरुद्ध हुँदै आएको थियो।
900
Shares

प्रतिक्रिया