राजनीति


चुनावमा चारै सुरक्षा निकायका जगेडा फोर्स बढाउने निर्णय

चुनावमा चारै सुरक्षा निकायका जगेडा फोर्स बढाउने निर्णय

नेपालखबर
फागुन १२, २०८२ मंगलबार १८:४७, काठमाडौँ

प्रतिनिधि सभाको निर्वाचनमा चारै सुरक्षा निकायका जेगडा फोर्स बढाइने भएको छ। 

मंगलबार बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले जगेडा फोर्स बढाउने निर्णय गरेको हो। चुनावमा सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउनका लागि चार वटै सुरक्षा निकायबाट सीघ्र परिचालन हुनेगरी थप जगेडा फोर्स बढाउने निर्णय भएको गरेको गृह मन्त्रालयले जनाएको छ। 

बैठकमा चुनावी सुरक्षाबारे छलफल भएको थियो। बैठकले निर्वाचनलाई केन्द्रित गरेर सुरक्षा व्यवस्थालाई थप मजबुद र प्रभावकारी बनाउने निर्णय पनि गरेको छ। 

केन्द्रीय सुरक्षा समितिका अध्यक्ष एवं गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा बसेको बैठकमा चार वटै सुरक्षा निकायका उच्च पदाधिकारी सहभागी रहेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad