मंगलबार हङकङको एबरडीनस्थित वाह फु इस्टेटमा रहेको एक अग्लो एकाइमा आगलागी हुँदा एक जना घाइते भएको स्थानीय सञ्चार माध्यमले उल्लेख गरेका छन्।
साँझ ५ बजेतिर वाह अन हाउसको एकाइबाट धुवाँको मुस्लो निस्किएको थियो। आगलागीको खबर पाएलगत्तै घटनास्थल पुगेका अग्निनियन्त्रकले घाइते उद्धारसँगै बासिन्दालाई सुरक्षित स्थानमा सारेका थिए।
प्रारम्भिक अनुसन्धानले कपडा धुने मेसिनमा विद्युत् सट हुँदा आगलागी भएको देखिएको छ।
45
Shares

प्रतिक्रिया