चुनावी कार्यक्रममा सहभागी हुन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज झापा पुगेका छन्।
उनी मंगलबार बिहान चन्द्रगढी विमास्थल हुँदै झापा ५ को दमक पुगेका थिए। त्यहाँ उनलाई ठूलो संख्यामा समर्थकले स्वागत गरेका छन्।
मंगलबार दिउँसो रास्वपाले सुनसरीको इटहरीमा चुनावी सभा गर्दैछ। त्यहाँ सभापति लामिछाने र रास्वपाका बरिष्ठ नेता बालेन शाह दुवैले सम्बोधन गर्ने कार्यक्रम छ।
चितवन २ बाट तेस्रोपटक उम्मेदबार बनेका लामिछाने रास्वपाको पक्षमा मत माग्दै देश दौडाहामा छन्। उनीसँगै बालेन पनि रास्वपाको पक्षमा मत माग्दै विभिन्न ठाउँमा पुगिरहेका छन्।
बालेन झापा ५ बाट उम्मेदवार छन्। त्यहाँ उनको एमाले अध्यक्ष केपी शर्मा ओलीसँग कडा प्रतिस्पर्धा हुने अनुमान छ।
हेर्नुहाेस् झापा ५ मा रवि लामिछाने














Shares

प्रतिक्रिया